काठमाडौँ । निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख पुजा सिंहलाई स्पष्टीकरण सोधेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा किन नरोकेको भन्दै प्रदेश प्रहरी सिंहलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
आचारसंहिता उल्लङ्घन हुँदा रोक्न आवश्यक कार्य नभएको भन्दै निष्पक्ष र भयरहित निर्वाचनमा गम्भीर प्रश्न उठेको आयोगले जनाएको छ ।
निर्वाचनको प्रचारप्रसार तथा राजनीतिक गतिविधि गर्न हुँदैन भन्ने जानकारी हुँदाहुँदै किन नरोकेको भन्दै आयोगले सिंहलाई आठ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
सम्बन्धित समाचार : अध्यक्ष प्रचण्डलाई सुरक्षा दिने चितवनका प्रहरी प्रमुखलाई आयोगले सोध्यो स्पष्टीकरण
सम्बन्धित समाचार : अध्यक्ष प्रचण्डलाई आयोगले सोध्यो स्पष्टीकरण
सम्बन्धित समाचार : चितवनका सिडिओलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
