सर्वोच्चले जेठ २ को सार्वजनिक बिदामा पनि बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सर्वोच्चले जेठ २ को सार्वजनिक बिदामा पनि बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्ने


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले आगामी जेठ २ गते सार्वजनिक बिदाको दिन पनि बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले वैशाख ३० देखि लगातार चार दिन सार्वजनिक बिदा परेकोले सोमबार बिदाकै दिन पनि बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ हुने बताए ।

न्याय प्रशासन ऐनको दफा २६ मा बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइ गर्न विशेष व्यवस्था गरिएको छ ।

उक्त दफामा तीन दिन वा सोभन्दा बढी अवधिको लागि अदालत बन्द रहने भएमा त्यस्तो बिदाको अवधिभर बन्दी प्रत्यक्षीकरण निवेदन लिई सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

त्यसका लागि प्रधानन्यायाधीशले सर्वोच्च अदालतको एक जना न्यायाधीशलाई बिदाको दिन पनि बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्ने गरी तोक्नुपर्ने व्यवस्था छ ।

सहायक प्रवक्ता ढकालले आगामी जेठ २ गते सोमबार बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्न बिहान ११ देखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत खुल्ला रहने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस