२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइतबारदेखि बुद्ध एयरले रात्रिकालीन उडान भर्ने

अ+ अ-

काठमाडौँ । बुद्ध एयरले आइतबारदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ ।

रात्रिकालीन उडान तत्कालका लागि जनकपुर, नेपालगन्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी उडानका समयहरु राति ८ बजेपछिका मात्र हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको बुद्ध एयरले जनाएको छ ।

दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरको दाबी छ ।

रात्रिकालीन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।

बुद्ध एयरले रात्रिकालीन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारलाई सार्वजनिक यातायात सुविधाको लागि अनुरोध गरेको छ ।

यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगारी सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने बुद्धको भनाइ छ ।

बुद्ध एयरले काठमाडौँको हकमा टुटलसँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ ।

यसैबीच बुद्ध एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको छ ।

भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको एयरले निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस