मतदातालाई पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मतदातालाई पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई सुर्खेत प्रहरीले नियन्त्रणका लिएको छ ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राती नै छापा हानेको थियो ।

प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको घर्तीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस