बुटवलमा एमाले उम्मेदवार माथि पैसा बाँडेको आरोप , उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुटवलमा एमाले उम्मेदवार माथि पैसा बाँडेको आरोप , उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा


२८ बैशाख २०७९, बुधबार


बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ ।

वडा नम्बर ११ मझुवा टोलको सुकुम्वासी बस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई कब्जामा लिएका छन् ।

सुकुम्वासी बस्तीको सिर्जना भुसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

पैसा बाँड्न आएको भन्दै काँग्रेस कार्यकर्ताले सुकुम्वासी बस्तीमा नाराबाजी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस