पृथ्वीसुब्बा गुरुङले मागे आचारसंहिता विपरीत भोट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पृथ्वीसुब्बा गुरुङले मागे आचारसंहिता विपरीत भोट


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ। नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिता विपरीत पार्टीलाई भोट मागेका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । तर, नेता गुरुङले बुधबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा आफ्नै भिडिओ सेयर गर्दै भोट मागेका हुन् ।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जालबाट समेत भोट माग्न पाइँदैन ।

फेसबुक प्रयोगकर्ताहरूले आचारसंहिता विपरीत भोट किन मागेको भन्दै कमेन्ट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस