नेप्सेमा ४४ अङ्कको वृद्धि « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेप्सेमा ४४ अङ्कको वृद्धि


२७ बैशाख २०७९, मंगलबार


शेयर बजार

काठमाडौँ । साताको तेस्रो दिनमा आइपुग्दा सेयर कारोबार मापक नेप्से परिसूचक २३ सय नाघेको छ ।

केही समय यता लगातार घटिरहेको नेप्से परिसूचक अघिल्लो साता २२ सयमा झरेको थियो । मङ्गलवार नेप्से परिसूचक ४४.१६ अङ्कले बढेर २३ सय १३ अङ्कमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६७ अङ्कले बढेको छ । सेयर कारोबार रकम भने १ अर्ब ३५ करोडमा रोकिएको छ । दिनभर भएका २६ हजार ५६५ कारोबारबाट २२६ कम्पनीका ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक बढ्दा करिब आधा दर्जन कम्पनीहरूको सेयरमा मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।

सबैभन्दा धेरै बढ्ने पहिलो नम्बरमा ङ्यादी ग्रुप, दोस्रो नम्बरमा वरुण हाइड्रोपावर र तेस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसै गरी युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोको सेयर मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस