२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति देउवाद्वारा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपिल गरेका छन् ।

उनले आज एक अपिल जारी गर्दै काँग्रेसको नेतृत्वमा दशकौँसम्म भएका लोकतान्त्रिक सङ्घर्षको अविराम यात्राका थुप्रै आरोह–अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैँ बनाउने अवसर प्राप्त गरेको उल्लेख गरेका छन् ।

अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो अभियानमा निर्भीकता साथ सहभागी भई मतदान गर्न उनले आह्वान गरेका छन् ।

काँग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी छ । नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा काँग्रेसको निर्णायक भूमिका रहँदै आएको छ ।

‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा काँग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम हाम्रासामु छर्लङ्ग छ । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको हो र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे सबै जानकार नै छौँ’, उनले अपिल गरेका छन् ।

अपिलमा भनिएको छ ‘काँग्रेस एउटा राष्ट्रिय सङ्कल्प, स्पष्ट दूर दृष्टि, इमानदार अठोट, सूचना ज्ञान र प्रविधिका जानकार जनशक्ति एवं राजनीतिक तथा शासकीय स्थिरताका लागि प्रतिबद्ध छ ।’ कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवर्द्धन, जलविद्युत्को उत्पादन, पूर्वाधार रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका सङ्कल्प काँग्रेसले लिएको सभापति देउवाले उल्लेख गरेका छन् ।

‘काँग्रेस जे भन्छ, त्यो पूरा गर्छ’

सभापति देउवाले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि काँग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड–१९ महामारीको त्रासदीमा रहेका आम नागरिकलाई २०७८ चैतभित्रै खोप उपलब्ध गराउने प्रतिबद्धता समयमै पूरा भएको सो अपिलमा उल्लेख गरेका छन् ।

उनले अन्योलमा रहेको मेलम्ची खानेपानी आयोजनाबाट यही वैशाखभित्र पानी वितरण गरी काठमाडौँ नगरवासीको आकाङ्क्षा पूरा गर्न सरकार सफल भएको बताए ।

‘काँग्रेस जे भन्छ, त्यो पूरा गर्छ मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित काँग्रेसले गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदायमाझ भरोसा र विश्वास बढेको छ । संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भइरहेका छन्’, सभापति देउवाद्वारा जारी अपिलमा उल्लेख छ ।

स्थानीय तहमा उपलब्ध अवसर एवं स्रोत साधनको अधिकतम परिचालन गर्दै सङ्घ र प्रदेशको समन्यायिक सहयोग र समन्वयमा विशेष गरी युवा पुस्ताको सृजनशीलता, उद्यमशीलता, रोजगारी र आय आर्जनका माध्यमबाट आर्थिक समुन्नति हासिल गर्नेतर्फ काँग्रेस क्रियाशील हुने उनले जनाएका छन् ।

सभापति देउवाले स्थानीय तहलाई कानुनतः सबल र समृद्ध बनाउने प्रतिबद्धता पूरा गर्न काँग्रेसले कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माण र कानुन बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक छन् भन्ने प्रस्ट पारेका छन् ।

उनले अपिलमा भनेका छन्, ‘काँग्रेस आम नेपाली नागरिकको ढुकढुकी हो । अरु कुरा गर्छन्, हामी काम गर्छौँ । सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर हाम्रो मूलमन्त्र हो । यो विश्वासका साथ ‘रूख’ चिह्नमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनु हुन अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस