कपिलवस्तुको महाराजगन्जमा काँग्रेसकी उपमेयर उम्मेदवारको निधन, निर्वाचन स्थगित हुन सक्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कपिलवस्तुको महाराजगन्जमा काँग्रेसकी उपमेयर उम्मेदवारको निधन, निर्वाचन स्थगित हुन सक्ने


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ।

उनको गए राति करिब १ बजेतिर निधन भएको हो। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो।

उनको हृदयाघातका कारण निधन भएको बताइएको छ।

काँग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ।

निर्वाचन अधिकृत कुवेर पाण्डेले उपमेयर पदकी उम्मेदवारको निधन भएकोबारे काँग्रेसले पठाएको पत्र आज बिहान प्राप्त भएको बताए।

‘काँग्रेसको तर्फबाट उपमेयर उम्मेदवारको निधन भएको जानकारी आएको छ। हामी निर्वाचन आयोगमा यसबारे लेखेर पठाउँदै छौँ,’ उनले भने, ‘यहाँ निर्वाचन के गर्ने भन्नेबारे आयोगले नै निर्णय गर्छ।’

वैशाख ३० मा निर्वाचन नगरी केही समयपछि निर्वाचन गर्ने सम्भावना छ।

कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस