२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्छु : नेत्री सिंह

अ+ अ-

काठमाडौँ । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्ने बताएकी छन् ।

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–२६ ले हिजो (शनिबार) यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले अगाडि सारेको सात सङ्कल्पअनुसार काठमाडौँ महानगरलाई समृद्ध बनाउने बताइन् ।

‘म गर्न नसक्ने ठुला कुरा सपना बाँड्दिन, आफूले अगाडि सारेको सङ्कल्प पूरा गर्छु’, उनले भनिन् । उनले काठमाडौँको प्रमुख समस्या फोहोर व्यवस्थापन भएको बताउँदै फोहोरको सफल व्यवस्थापनका लागि योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

उनले महानगरभित्रका कार्यालय विभिन्न स्थानमा छरिएर कारण सेवाग्राहीलाई सेवा प्राप्त गर्न समस्या भएको बताउँदै प्रविधिको माध्यमबाट घरघरबाट सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्ने बताइन् ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधार, सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी निर्माण आफ्नो मुख्य अभियान रहेको बताइन् ।

काँग्रेस बागमती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोलले काठमाडौँको प्रमुखमा काँग्रेसले महिलालाई उम्मेदवार बनाएर देशभरका महिलाको सम्मान गरेको बताए ।

उनले काँग्रेसको पहिलो सरकारले द्वारिकादेवी ठकुरानीलाई महिला बनाएको स्मरण गर्दै राजनीतिमा महिला सक्षम भएको उदाहरण काँग्रेसले दिएको उल्लेख गरे।

काँग्रेस काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्षका उम्मेदवार ख्यामराज तिवारीले ठमेलदेखि नयाँ बसपार्क क्षेत्रको विकासका लागि काँग्रेसका उम्मेदवारलाई विजय गराउन सबैलाई आग्रहसमेत गरे।

काँग्रेसले महिलालाई काठमाडौँको प्रमुखको उम्मेदवार बनाएर राम्रो कामको सुरुआत गरेको भन्दै घर व्यवस्थापन गर्ने महिलाले महानगरको कुशल व्यवस्थापन गर्ने उनको भनाइ थियो ।

काँग्रेस काठमाडौँ महानगरपालिका–२६ को सदस्यमा प्रवेश श्रेष्ठ, बाबुकाजी महर्जन, शान्ता प्रजापति र रुपा नेपालीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस