काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सोझो, लचिलो र त्यागी भएको बताएका छन् ।
काठमाडौँमा आज (शुक्रबार) आयोजित ५ दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै दाहालले भने आफू मजाकमा त्यस्तो नभएको बताए ।
म सोझो पनि र लचिलो र त्यागी पनि छु । मजाकमा भनेको होइन,’ दाहालले भने, ‘त्यो राम्रोसँग हेर्नु भयो भने त्याग पनि देख्नुहुन्छ, लचकता देख्नुहुन्छ ।’ उनले थपे ‘अस्थिरता एक तर्फबाट, अर्कोतर्फ हेर्दा गतिशील नेता हो । अहिलेसम्म जे गरेका थियौ त्यसमा मलाई गर्व छ ।’
उनले सुरुमा काँग्रेस र माओवादीबीच पहिले गठबन्धन भए पनि एकले अर्कोलाई मत नदिएको अवस्थाको कारण वाम गठबन्धन भएको बताएका छन् ।
‘पहिले पनि माओवादी र काँग्रेसबिच गठबन्धन भएको थियो । तर त्यो भरतपुर र मधेसमा राम्रोसँग भएन,’ उनले भने, ‘त्यसपछि वामपन्थीबीच गठबन्धन गर्दा स्थायित्व दिन्छ कि भनेर त्यसतर्फ लागेका थियौँ । तर त्यो सफल भएका छन् । ’
उनले केपी शर्मा ओलीलाई ठुलो समर्थनसहित नायकको रुपमा लान खोजिए पनि खलनायक परेकोले त्यसलाई पूरा गर्न नसकेको थियो ।
‘एकता भएको दुई साताबाट जालझेल षड्यन्त्र देखि केही । धोका भयो बेइमानी भयो । षडयन्त्र भयो । जनता र कार्यकर्तालाई कसरी सम्झाउने होला कि भनेर दुई साताबाट सुरु भएको थियो’ दाहालले भने ।