२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीका ७५ हजार बालबालिकालाई टाइफाइड खोप

अ+ अ-

बैतडी । बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन् ।

कार्यालयका अनुसार पुर्चौडी नगरपालिकाका १२ हजार ४२२, पाटन नगरपालिकाका आठ हजार ७१०, दशरथचन्द नगरपालिकाका आठ हजार ४८१, मेलौली नगरपालिकाका छ हजार २३६ बालबालिकालाई खोप लगाइएको छ ।

यस्तै सिगास गाउँपालिकाका सात हजार ७५०, दोगडाकेदार गाउँपालिकाका छ हजार ९१४, डिलाशैनी गाउँपालिकाका छ हजार ६१७, शिवनाथ गाउँपालिकाका छ हजार ३७२, सुर्नया गाउँपालिकामा पाँच हजार ८४५ र पञ्चेश्वर गाउँपालिकाका पाँच हजार ५६९ बालबालिकाले खोप पाएका हुन् ।

जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले खोप सेवा पाएका हुन् । टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकालाई सो खोप पहिलो पटक दिइएको हो ।

यो खोपको प्रतिरोधात्मक क्षमता झन्डै ९७ प्रतिशत छ । यस वर्ष अभियानको रुपमा टाइफाइडविरुद्धको खोप दिइएको छ भने अर्को वर्षदेखि बालबालिकालाई दिइने नियमित खोपमा सो खोपलाई समावेश गरिने जनाइएको छ ।

बालबालिकालाई १५ महिना हुँदा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिने बेला टाइफाइडविरुद्धको खोप पनि दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस