२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापा भन्दछन्, सरकार चलाउन नसकेको क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार छैन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताएका छन् ।

पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण काँग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उनले बताए ।

प्रजातान्त्रिक विचार समाजले आज बिहान काठमाडौँमा गरेको कार्यक्रममा उनले भने, ‘पाँच वर्ष सरकार चलाउन सकिन भनी क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार पनि छैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे । ‘परमादेश सरकार ओलीले भनिरहँदा काँग्रेसले सोध्नै पर्दछ । यो बनाउने काम कसले गरेको हो ?’ थापाले भने, ‘सरकार हाम्रो प्राथमिकतामा थिएन । सरकार चलाउने हामीलाई म्याण्डेट दिइएकै थिएन ।’

तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद् विघटन गरिएको उनले बताए । ‘संसद् विघटन विशुद्ध पार्टी भित्रको कारण हो ।

प्रतिपक्षमा बसेको काँग्रेसलाई आग्रह गरेर सरकार बनेको हो,’ थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्मको अवधि खेर गएको छ । हामीले जनतालाई बुझाउनै पर्छ । त्यो बेलाको सम्झना गराउनै पर्दछ ।’

गगन थापा भन्दछन् सरकार चलाउन नसकेको क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार छैन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताएका छन् ।

पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण काँग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उनले बताए ।

प्रजातान्त्रिक विचार समाजले आज बिहान काठमाडौँमा गरेको कार्यक्रममा उनले भने, ‘पाँच वर्ष सरकार चलाउन सकिन भनी क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार पनि छैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे । ‘परमादेश सरकार ओलीले भनिरहँदा काँग्रेसले सोध्नै पर्दछ । यो बनाउने काम कसले गरेको हो ?’ थापाले भने, ‘सरकार हाम्रो प्राथमिकतामा थिएन । सरकार चलाउने हामीलाई म्याण्डेट दिइएकै थिएन ।’

तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद् विघटन गरिएको उनले बताए । ‘संसद् विघटन विशुद्ध पार्टी भित्रको कारण हो ।

प्रतिपक्षमा बसेको काँग्रेसलाई आग्रह गरेर सरकार बनेको हो,’ थापाले भने, ‘२०७४ देखि २०७९ सालसम्मको अवधि खेर गएको छ । हामीले जनतालाई बुझाउनै पर्छ । त्यो बेलाको सम्झना गराउनै पर्दछ ।,’

प्रतिक्रिया दिनुहोस