काठमाडौँ । नेपाली काँग्रेसले देशका प्रमुख १० सहरमा चुनावी सभा आयोजना गर्ने भएको छ ।
चुनावी सभालाई काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौँमा, २४ वैशाखमा रुपन्देहीको बुटवलमा, २४ वैशाखमा तनहुँको दमौली र धनुषाको जनकपुरमा, २५ वैशाखमा कास्कीको पोखरा र दाङको तुलसीपुरमा, २६ वैशाखमा कैलालीको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना हुने भएको हो ।
हेर्नुहोस् विज्ञप्ति:

