न्याय दिन राखेप र मन्त्रालयसँग फुटबल खेलाडीकाे अनुरोध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

न्याय दिन राखेप र मन्त्रालयसँग फुटबल खेलाडीकाे अनुरोध


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दुर्व्यवहारका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै आएका १० खेलाडीले आफूहरूलाई न्याय दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेका छन् ।

सोमबार खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका खेलाडीले आज राखेप सदस्यसचिव टङ्कलाल घिसिङसँग भेट्दै छन् ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा नेतृत्वले विवाद समाधानका लागि परिणाममुखी प्रयास नगरेकोमा चिन्तित भएको भन्दै खेलाडीहरूले मातहतका उपल्ला निकायमा प्रष्टीकरण दिन थालेका छन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सुविधाको माग राख्दा कतार फुटबल फेडेरेसनको सहयोगमा नेपाल आएका कुवेती प्रशिक्षकले क्याम्प छाडेर जान भनेको आरोप खेलाडीको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस