काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजारले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।