२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

अ+ अ-

रोल्पा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि रोल्पामा नेपाली सेनाले १३ ठाउँमा क्याम्प स्थापना गरेको छ ।

दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

नेपाली सेनाको बटुक दल गण रोल्पाका गणपति प्रमुख सेनानी मणि थापाले स्थानीय निर्वाचनका लागि १३ ठाउँमा क्याम्प स्थापना गरेर सबै सुरक्षा तयारी गरिएको जानकारी दिए ।

उनले भने, ‘हामीले सबै मतदान स्थलको सुरक्षा अवस्थाबारे अध्ययन गरिसकेका छौँ, अहिले नियमित पेट्रोलिङ गर्ने र थप सुरक्षा अवस्थाबारे जानकारी लिने क्रम चलिरहेको छ ।’

प्रमुख सेनानी थापाका अनुसार माडीचौर, खुमेल, सुलीचौर, पोबाङ, थबाङ, परिवर्तन गाउँपालिका, गङ्गादेवको सुक्खा ओडार, त्रिवेणीको जुगार, दहवन, उघालगायत ठाउँमा निर्वाचन सुरक्षाका लागि सेनाको क्याम्प स्थापना गरिएको छ ।

प्रमुख सेनानी थापाले रोल्पामा बम डिस्पोजलको टोली आएको जानकारी दिए । रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए। उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ गतेदेखि नै सुरक्षा निकाय परिचालन भएको बताए ।

रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिइन् । रोल्पामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस