आइजिपी नियुक्ति बदर गर्न मागसहित सिनियर एआईजीहरू सर्वोच्चमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइजिपी नियुक्ति बदर गर्न मागसहित सिनियर एआईजीहरू सर्वोच्चमा


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आइजिपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत गएका छन् ।

आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्चमा गइसकेको र दर्ता प्रक्रियामा रहेको एआईजी पोखरेलले बताए । सहकुल थापाको तर्फबाट पनि रिट दायर हुने भएको छ ।

वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदरभागी हुने जिकिर रिटमा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस