२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आजबाट सुरु हुँदै

अ+ अ-

काठमाडौँ । नेपाल भलिबल सङ्घले आयोजना गर्ने राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता आजबाट सुरु हुँदै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने छैटौँ संस्करणको क्लब लिग भलिबल प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका तीन खेल हुनेछन् ।

पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछ । खेल १० बजेबाट सुरु हुनेछ । १२ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र गलकोट स्पोर्ट्स क्लबबिच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल २ बजेबाट हुनेछ ।

लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, हेल्प नेपाल, गण्डकी प्रदेश, गलकोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब गरी सात टिमले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, न्यु डायमण्ड र एभरेस्ट मावि गरी पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथोले ७५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । त्यस्तै सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही समान ३५ हजार रुपैयाँ हात पार्नेछन् । विधागत तर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही समान १५-१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस