२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी अधिकृत छाडेर गाउँपालिका प्रमुखको उम्मेदवार

अ+ अ-

खोटाङ । ‘सातौँ तहको सरकारी जागिरे जीवनबाट बाहिरिएर जनताको मनभित्र पस्ने प्रयास गर्दै छु’, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले भने, ‘नौ वर्ष एक महिना आठ दिन सरकारी जागिरे भएर जनताको सेवा गरेपश्चात् जनप्रतिनिधि बनेर पुनः जनताकै सेवा गर्ने प्रण गरेको छु, मलाई पूर्ण विश्वास छ, त्यो अवसर मैले पाउनेछु ।’

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका बुवा केशरबहादुर र आमा कृष्णकुमारी राईको कान्छा छोरा गोपालचन्द्रले सातौँ तह (अधिकृत)को सरकारी जागिर छाडेर यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका प्रमुखको उम्मेदवार बनेका छन् । ‘गरिबी र अभावले जागिरे भएँ, जागिरबाट व्यक्ति मात्रै धनी, समाज भोकै हुँदा रहेछन्, समाज भोको हुँदा म एक जना व्यक्ति मात्र धनी हुन सक्दिनँ र चाहन्न पनि’ उनले भने । समाज परिवर्तन गर्ने मुख्य बाटो नै राजनीति भएकाले सरकारी जागिर छाडेर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको उनले बताए ।

जागिरे जीवन सुरु गरेसँगै पेसागत सङ्गठनमा आबद्ध भएका राईले नेपाल आयल निगम राष्ट्रिय कर्मचारी सङ्गठन ट्रेड युनियनको केन्द्रीय अध्यक्षसमेत सम्हालेका थिए । उनी हाल माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको सदस्य छन् ।

‘समाजलाई धनी बनाउन स्थानीय स्रोत–साधन काफी छ, प्रशस्त रहेको बजेटलाई समुचित प्रयोग गरी प्रत्येक व्यक्तिलाई रोजगारी दिन सकिन्छ’ उनले भने । सीप र ज्ञानलाई विकास र उत्पादनसँग जोड्नुपर्ने उनी तर्क गर्छन् । उनले भने, ‘सम्पन्नता यही सम्भव छ, विदेश जानुपर्दैन, म यो बाटो देखाउनेछु ।’

विसं २०६९ चैत १ गते सरकारी सेवामा प्रवेश गरेर यही वैशाख ६ गते स्वैच्छिक अवकाश लिएका राईले पछिल्लो समय राजनीतिमा पैसा प्रधान हुँदै गएको बताए । ‘युवाको मनोभावना र दिप्रुङ चुइचुम्मा गाउँपालिकावासीको सपना साकार पार्न मैले गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको हुँ, रोजगारीको वातावरण यही सम्भव छ ।’

‘आर्थिक समृद्धि र न्यायसहितको समानता, प्रत्येक युवालाई रोजगारी हाम्रो प्रतिबद्धता’ राईको चुनावी नारा हो । ‘एक घर, एक रोजगार’ भन्ने कार्यक्रम ल्याएर युवालाई रोजगारी दिने आफ्नो लक्ष्य सुनाउँदै राईले भने, ‘जसका लागि स्थानीय नीतिगत ऐन–कानुन बनाउनुपर्नेछ ।’ शिक्षा नपुगेको ठाउँमा विद्यालय, हिलाम्मे सडक स्तरोन्नति गर्ने र पालिकामा कृषि बैङ्क स्थापना गर्ने उनको लक्ष्य छ ।

देश र समाजका लागि सेवा गर्न राजनीतिमा आएको उनले तर्क गरे । उनले भने, ‘सेवक बन्न राजनीतिमा आएको हुँ ।’ बजेट वितरण विभेदपूर्ण गर्दै आफ्नो क्षेत्रको विकास निर्माणलाई मात्र प्राथमिकतामा राख्ने गलत परम्परा भएको जनाउँदै उनले त्यस विरुद्ध आफ्नो उम्मेदवारी भएको बताए । ‘म जाति, वर्ग, क्षेत्र र पार्टीको आधारमा विभेद गर्दिनँ, बजेट विनियोजन विभेदरहित हुनुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने ।

विद्यार्थी राजनीतिसँगै करिब आठ वर्ष जिल्लामा रहेर पत्रकारितासमेत गर्नुभएका राई महालेखा परीक्षकको प्रतिवेदन मात्र होइन जनताको लेखा परीक्षणलाई पनि विश्वास गर्नुपर्ने बत्ताउँछन् । ‘आर्थिक पारदर्शिताका सवाल जनताको घरका भित्ता भित्तामा टाँस्नेछु’ उनले प्रतिबद्धता जनाए ।

राईले शासक बनेर कार्यालयमा टक्क बस्ने र नमस्कार थाप्ने प्रवृत्तिविरुद्ध लड्नेसमेत प्रतिबद्धता जनाएका छन् । ‘म नमस्कार खानका लागि होइन, घरदैलोसम्म सेवा सुविधा पुर्‍याउन आएको हुँ’, उनले भने, ‘म प्रस्ट छु, जनतालाई समृद्ध बनाउन सके मेरो राजनीतिक यात्रा अघि बढ्छ, नसके टुङ्गिन्छ, म लामो यात्रामा निस्केको यात्री हुँ, पालिका हुँदै देशको नेतृत्व गर्ने सपना बोकेको छु । त्यसैले, जनताप्रति म प्रतिबद्ध हुनेछु ।’

बतासेबाटै एसएलसी उत्तीर्ण गरेका राईले दिक्तेल बहुमुखी क्याम्पसबाट स्नातक, जनप्रशासन बहुमुखी क्याम्पस बल्खु काठमाडौँबाट एमपिए, राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसबाट एलएलबी र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

विसं २०५६ देखि ०६६ सम्म एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको विभिन्न पदमा रहेर राजनीति गरेका थिए । सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा राईसहित सात जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा (एमाले)बाट लोकेन्द्र राई, नेपाली काँग्रेसबाट नइन्द्र राई, नेकपा (एकीकृत समाजवादी)बाट ओमीराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्पना राई, स्वतन्त्रबाट विश्वराज राई र सुरेश राईको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस