२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा प्रमुख पदमा दुई महिला उम्मेदवारी

अ+ अ-

खलङ्गा । आसन्न स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा जयालक्ष्मी चौलागाईंले एकीकृत समाजवादी पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

उपप्रमुखमा सोही पार्टीले भीम थापालाई उम्मेदवारीको मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै नेकपा एमाले जुम्लाले गुठिचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । झुनमाया जैसीले एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

चन्दननाथमा २६८ जनाको उम्मेदवारी
जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकामा ५२ पदका लागि २६८ जनाको उम्मेदवारी परेको छ ।

नगरप्रमुख, उप्रमुख, वडाध्यक्ष, दलित सदस्य, महिला सदस्य र खुला सदस्य गरी ५२ पदका लागि २६८ जनामध्ये ५४ जना महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

एक नगरप्रमुखका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । एक नगर उपप्रमुखका लागि ८ जनामध्ये ६ जना महिलाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै नगरपालिका १० वडामा विभाजित छ । १० वडाध्यक्षको पदका लागि ७० जनामध्ये ३ जना महिलाको उम्मदवारी परेको छ । नगरपालिकाको १० वडामध्ये सबै भन्दा बढी १० नम्बर वडामा १० जनाको उम्मेदवारी परेको छ ।

सबै भन्दा कम ६ नम्बर वडामा चार जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । सदस्यमा १० वडाबाट ९४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा ४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक मुख्य निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिए ।

तिलामा १९९ जनाको उम्मेदवारी
जुम्लाको तिला गाउँपालिकामा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो । गाउँपालिकाको निर्वाचन कार्यालयका अनुसार पालिकाको अध्यक्षमा ६ र उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ ।

वडाध्यक्षमा ४७, महिला वडा सदस्यमा ३८, दलित महिला सदस्यमा २५ र खुला सदस्यमा ७५ जनाको उम्मेदवारी परेको तिला गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट रतननाथ योगी विजयी भएका थियो । २२ मतको अन्तरले नेपा माओवादी केन्द्रका जङगबहादुर बस्नेत पराजय भएका थिए ।

प्रतिक्रिया दिनुहोस