२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्कामा सर्वदलीय सरकार बनाउन तयार छु : राष्ट्रपति राजापाक्षे

अ+ अ-

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले सर्वदलीय सरकार बनाउन आफू तयार रहेको बताएका छन् ।

आफू सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिँदै उनले संसद्‌मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको स्पष्ट पारे ।

देशको अहिलेको आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने जिम्मेवारी सबैको भएकाले सबै सहभागी सरकार बनाएर काम गर्नु पर्नेमा उनले जोड दिए ।

उनले सबै दलका नेताहरूलाई सर्वदलीय सरकार निर्माणका लागि छलफलमा आउन समेत बुधबार सन्देश प्रवाह गरे ।

सरकार भित्रको संरचना, वरियता, भागबन्डालगायत विषयमा छलफल गर्न आफू खुला रहेको पनि राष्ट्रपति राजापाक्षेले स्पष्ट पारेका छन्।

उनले सर्वदलीय सरकार गठनका बारेमा छलफल गर्न आगामी शुक्रबार सत्तारुढ गठबन्धनको बैठक समेत आयोजना गरेका छन्।

श्रीलङ्कामा आर्थिक सङ्कट सुरु भएपछि महँगी र अभाव सृजना भएको थियो भने त्यसै कारणले आम नागरिक आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनका कारण हिंसात्मक घटनाहरू समेत भएपछि राजनीतिक सङ्कट समेत उत्पन्न भएको छ ।

आन्दोलनकारीहरूले अहिलेको सरकारकै कारणले आर्थिक तथा राजनीतिक सङ्कट उत्पन्न भएको आरोप लगाउँदै आएका छन् ।

आम नागरिक र आन्दोलनकारीहरूको दबाबका कारण राष्ट्रपति राजापाक्षे सर्वदलीय सरकार गठनका लागि तयार हुनु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस