काठमाडौँ । स्थानीय तह निर्वाचनको कारण देखाउँदै कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित गरिएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाले एक सूचना जारी गर्दै यही वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित भएको जानकारी गराएको हो ।
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका कारण परीक्षा स्थगित गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि नौ हजार ६ सय ५४ जनालाई छनोट गर्ने योजना रहेको छ ।
