२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले टुङ्ग्यायो कर्णालीका उम्मेदवार

अ+ अ-

कर्णाली । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख/उपप्रमुख पदको टुङ्गो लगाएको छ ।

प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय तहका प्रमुख–उपप्रमुखसहित चार तथा हुम्लाका सात स्थानीय तहका उपप्रमुखबाहेक सबै तहको टुङ्गो लगाएको हो ।

एमालेले प्रमुख–उपप्रमुख गरी सुर्खेतका १८, सल्यानका २०, रुकुम पश्चिमका १२, मुगुका आठ, कालिकोटका १८, जुम्लाका १६, जाजरकोटका १४, दैलेखका १८, डोल्पाका पाँच तहका प्रमुख–उपप्रमुख टुङ्गो लगाएको हो । हुम्लाका सात स्थानीय तहका प्रमुख पद मात्र टुङ्ग्याएको छ ।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रमुखमा एमालेले मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल पार्टी केन्द्रीय सदस्य र हाल नगर उपप्रमुख छिन् ।

प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र हुम्लाका बाँकी पदमा निर्णय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको बताए । दैलेखका भैरवी गाउँपालिका र आठबीस नगरपालिकाको प्रमुख/उपप्रमुख पदको निर्णय गर्न केन्द्रमा पठाइएको थियो । केन्द्रले पनि आइतबार राति नै ती पालिकाको टुङ्गो लगाएको छ ।

आठबीस नगर प्रमुखमा तर्कबहादुर बडुवाल, उपप्रमुखमा कल्पना थापा र भैरवी गाउँपालिका अध्यक्षमा सर्व राज महतारा, उपाध्यक्षमा पदमकुमारी विष्टको नाम केन्द्रले टुङ्ग्याएको छ ।

डोल्पाका ठूलीभेरी र त्रिपुरा सुन्दरी नगरको प्रमुख–उपप्रमुख पदमा पनि प्रदेश कमिटीले सिफारिस गरेको छैन । कर्णालीअन्तर्गत सुर्खेतमा नौ, दैलेखमा ११, सल्यानमा १०, रुकुम पश्चिममा छ, जाजरकोटमा सात, कालिकोटमा नौ, जुम्लामा आठ, मुगुमा चार, हुम्लामा सात र डोल्पामा सात स्थानीय तह छन् ।

राप्रपाको वीरेन्द्रनगर प्रमुखमा गिरी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वीरेन्द्रनगरको नगर प्रमुख पदमा मुकुन्दश्याम गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा वीरेन्द्रनगरका पूर्व नगर प्रमुख छन् । यस्तै, राप्रपाले नगर उपप्रमुख पदमा अन्जु बस्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाले पनि आज मनोनयन दर्ता गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस