काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज (आइतबार) बस्दै छ ।
बैठक आज दिउँसो ३ बजेका लागि डाकिएको छ ।
सत्ता गठबन्धनमा आबद्ध दलहरुमा भने मनोनयनको दिनसम्म पनि किचलो समाधान हुन सकेको छैन ।
पाँच दलका शीर्ष नेताहरूले गरेको सहमति तल्ला तहमा कार्यान्वयन हुन नसक्दा गठबन्धनबाट उम्मेदवारी मनोनयनमा समस्या देखिएको हो ।
त्यही समस्या समाधानका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
शीर्ष नेताहरुको बैठक अघि गठबन्धनको चुनाव तयारी तथा अनुगमन समितिको बैठक पनि बस्नेछ ।
समितिको बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा पेस गरेर समस्या देखिएका स्थानमा के गर्ने भन्ने निर्णय लिइने बुझिएको छ ।