२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले चितवनका थप ५ पालिकामा उम्मेदवार टुङ्ग्यायो

अ+ अ-

चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छ ।

एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुङ्गो लगाएको हो ।

जिल्लाका ७ पालिकामध्ये दुई वटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक, खैरहनीको मेयरमा लालमणि चौधरी र उपमेयरमा कविता उप्रेती, रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक तथा कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा उम्मेदवार भएका छन् ।

खैरहनीका लालमणी चौधरी अहिले पनि नगरपालिकाको मेयर छन् । रत्ननगरको मेयरको उम्मेदवार बनेकी दुवाडी अहिले नगरपालिकाको उपमेयर छिन् ।

यसैगरी माडीको मेयरमा ताराकाजी कुमारी महतो चयन भएकी छन् । महतो यसअघि माडी नगरपालिकाको उपमेयर थिइन् ।

एमालेले यसअघि नै भरतपुर महानगरको मेयरमा विजय सुवेदी र इच्छाकामना गाउँपालिको अध्यक्षमा दानबहादुर गुरुङलाई सर्वसम्मत उम्मेदवार बनाइसकेको छ ।

एमालेले इच्छाकामना गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार माया सिलवाललाई बनाएको छ । एमालेले राप्रपासँग तालमेल गर्ने भनेर भरतपुर महानगरपालिका र माडी नगरपालिकाको उपमेयरका उम्मेदवार चयन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस