१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव प्रचार-प्रसार सामाग्री तत्काल हटाउन निर्देशन

अ+ अ-

नेपालगञ्ज । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले बाँकेमा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनलाई निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न सचेत बनाएको छ । सो कार्यालयमा आज बसेको बैठकले पोस्टर, ब्यानर, सार्वजनिक स्थान, मठमन्दिर, बिजुलीका तार, टेलिफोनका तारसमेतमा राखिएका चुनाव प्रचार–प्रसार सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सम्बन्धित दल वा भ्रातृ सङ्गठनले त्यस्ता प्रचार सामग्री नहटाए कार्यालयको टोलीले अनुगमन गरी प्रचार सामग्री हटाउने जानकारी दिए ।

‘त्यस्ता प्रचार सामग्री दल वा भ्रातृ सङ्गठनले नहटाए हामीले नै हटाउँछौँ, उनले भने। उक्त कार्यालयले निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न निर्वाचन अधिकृतको कार्यालयलाई समेत जानकारी गराएको छ । निर्वाचन आचारसंहिता, २०७८ ले व्यवस्था गरेबमोजिम स्थानीय निर्वाचनसम्बन्धी सम्पूर्ण व्यवस्थालाई पूर्णरूपमा पालना गर्न दलहरू सहमत भएका थिए ।

बैठकले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकार भएकाहरूसँग समन्वय गर्दै काम गर्ने उल्लेख गर्दै मनोनयन दर्ता कार्यलाई शान्तिपूर्ण रूपमा सहज ढङ्गले सम्पन्न गर्न सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलाउने निर्णय गरेको छ । जिल्लाका कतिपय ठाउँमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना भएको उक्त कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार ११ बजेदेखि ४ बजेसम्म राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेकपा मार्क्सवादी पुष्पलाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, विवेकशील साझा पार्टीसहित छ पार्टीलाई उम्मेदवारी दर्ता गर्न समय दिएको छ ।

त्यस्तै नेकपा (एमाले), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय सद्भावना पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सोमबार उम्मेदवारी दर्ता गर्ने समय ११ बजेदेखि ३।३० बजेसम्म निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस