२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सलमान खान जेठ १२ मा नेपाल आउने

अ+ अ-

काठमाडौँ । बलिउड अभिनेता सलमान खानको ‘द ब्याङ टुर रिलोडेड’ आगामी जेठ १४ गते हुँदै छ । उक्त कार्यक्रमका लागि सलमानसहितको टिम जेठ १२ गते काठमाडौँ ओर्लिने भएका छन् ।

कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमान १२ गते बेलुका त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी होटल पुग्नेछन् ।

भोलिपल्टका लागि उनको व्यस्त ‘सेड्युल’ रहेको छ । १३ गते बिहानै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग ब्रेकफास्ट मिटिङ गर्ने तालिका छ ।

त्यस लगत्तै सलमान सगरमाथा माउन्टेन फ्लाइटमा जानेछन् । मौसमले साथ दिएमा उनी लुक्लासम्म जाने जनाइएको छ ।

माउन्टेन फ्लाइटबाट साँझ काठमाडौँ फर्किएर आराम गर्ने र बेलुका उद्योगी–व्यवसायीसँग भेट गर्ने सलमानको तालिका छ ।

त्यसपछि उनले भोलिपल्ट अर्थात् जेठ १४ गते दशरथ रङ्गशालामा हुने कार्यक्रमका लागि तयारी गर्नेछन् ।

कार्यक्रमका लागि सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डेज, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा, आयुष शर्मा लगायत भारतीय कलाकार नेपाल आउँदै छन् ।

कार्यक्रममा गायक शिव परियार, सुशान्त केसी, गायिका सुबानी मोक्तानलगायतले साङ्गीतिक प्रस्तुति दिनेछन् भने अभिनेत्रीहरु माला लिम्बू र मुना गौचनले नृत्य प्रस्तुत गर्नेछन् ।