काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले आफूहरुको नाम मेयरको लागि सिफारिस नगरेको भन्दै आकाङ्क्षीहरूले विरोध जनाएका छन् ।
महानगर समितिले हिजो (बिहीबार) काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सृजना सिंह, नगर सभापति निलकाजी शाक्य, प्रगतीमान रञ्जित र हरिप्रभा खड्गीको नाम सिफारिस गरेको थियो ।
सिफारिसमा नपरेका बाबुराम आचार्य र सागर भट्टराईले संयुक्त विज्ञप्ति निकालेर आफूहरुलाई सिफारिस नगरिएको भन्दै विरोध जनाएका हुन् ।
काठमाडौँको मेयरका आकाङ्क्षीहरू सबैसँग छलफल गरेर मात्र पुनः नाम सिफारिस गर्न उनीहरुले आग्रह गरेका छन् ।
