काँग्रेस चितवनका सभापतिको कार्यकर्तालाई आग्रह : गठबन्धन विरोधी गतिविधि नगर्नू « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काँग्रेस चितवनका सभापतिको कार्यकर्तालाई आग्रह : गठबन्धन विरोधी गतिविधि नगर्नू


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न कार्यकर्तालाई सचेत गराएको छ ।

जिल्ला सभापति राजेश्वर खनालले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘गठबन्धनलाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै गतिविधि नगर्न आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘चितवन काँग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अघि बढ्छ ।’

यसअघि काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर पार्टीले पाए मात्रै गठबन्धन स्वीकार गर्ने निर्णय गरेको थियो । सभापति खनालको नेतृत्वमा नेताहरुले शीर्ष नेतालाई भेटेर दबाब दिएका थिए । तर केन्द्रीय गठबन्धनले यहाँको मेयर माओवादी केन्द्रले पाउने गरी भागबन्डा गरेको थियो ।

खनालले पार्टीको केन्द्रले गरेको निर्णय कार्यकर्ताले मान्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस