मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड


९ बैशाख २०७९, शुक्रबार


हेटौँडा । हेटौँडा उपमहानगरपालिका– ९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन कुमार भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड गरेको हो ।

आज (शुक्रबार) बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले सालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौँडा– ९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

मदन भण्डारीको सालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पुरै सालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए ।

पार्कमा रहेका अन्य संरचना भने यथावत् रहेको उनले बताए । त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र सालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको आपराधिक कार्य भएको भण्डारी बताउँछन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस