२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिगमनको खतरा पूर्णरुपमा अन्त्य भएको छैन : अध्यक्ष प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णरुपमा अन्त्य नभएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो धारणा सार्वजनिक गरेका हुन् ।

उनले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्दै प्राप्त उपलब्धिहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुने पनि बताएका छन् ।

शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष सङ्घीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार गरेको वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा सङ्घर्षको कारण तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुगेको प्रचण्डले स्मरण गरेका छन् । ‘तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ ।

नेपालका कम्युनिस्ट पार्टीले ७३ वर्षको अन्तरालमा देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्व सन्ध्यामा पुगेको उल्लेख गर्दै प्रचण्डले यो सबै नेपालीहरूका लागि गौरवको कुरा भएको बताएका छन् ।

प्रतिगमनविरूद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको पनि प्रचण्डले बताएका छन् । यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको जानकारी उनले गराएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताएर संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र जनसमुदायलाई अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस