२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैद्य, बाबुराम र विप्लवलाई पुनः एकतामा आउन प्रचण्डको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व सहकर्मीहरू मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुनः एकतामा आउन आग्रह गरेका छन् ।

बिहीबार कैलालीमा आयोजित कार्यक्रममा उनले वैद्य, विप्लव र बाबुराम एकतामा नआए उनीहरूको पार्टी बाँकी नरहने दाबी गरे ।

उनले भने, ‘ढिलो नगरी । अब, बिल्कुल ढिलो नगरी म वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवसँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुरामसँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन र सुदूरपश्चिमका जनताबाट सिक्न अपिल गर्न चाहन्छु ।’

प्रचण्डले अघि भने, ‘यदि उहाँहरूले ढिलो गर्नुभयो भने, उहाँहरू व्यक्ति मात्रै रहनुहुनेछ, उहाँहरूसँग कुनै संस्था रहने छैन । त्यो भनेको उहाँहरूको लागि पनि दुःखद स्थिति हो ।’

प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंकुश प्रवृत्ति परास्त गरेपछि फेरि वाम एकता हुने दाबी गरेका छन् ।

‘नेकपा फुटेर तीन वटा भएको छ, एमाले फुटेर दुई वटा भएको छ,’ प्रचण्डले भने, ‘तर पनि फेरि ल्याउँछु कि ल्याउँछु कि भन्या छ । तर, यो पटक चाहिँ यो प्रवृत्तिलाई हामीले परास्त गर्नैपर्छ । यो निरंकुश प्रवृत्ति हो । भयानक अहङ्कार प्रवृत्ति हो । यो सामाजिक फाँसीवादी प्रवृत्ति हो । यो पटक हामीले पुरै परास्त गर्नुपर्छ । मलाई के लाग्छ भने अहिले परास्त गरेपछि फेरि वाम एकता हुन्छ ।’

यसअघिको एकता ओलीले नै टिक्न नदिएको प्रचण्डले बताए । बालुवाटार छाडेर बालकोट जाँदा पनि ओली रमाइलो गर्दै गएको भन्दै प्रचण्डले उनी अच् मको प्राणी भएको समेत टिप्पणी गरे ।

‘तपाईँ हामी मलामी जाँदा त रुदै रुदै अलि संवेदनशील हुँदै जान्छौँ,’ प्रचण्डले भने, ‘तर, नेपालमा बालकोटवाला कस्ता परे भने मलामी जाँदा पनि नाँच्दै जाने, हाँस्दै जाने । बाजा बजाउँदै जाने ।’

प्रतिक्रिया दिनुहोस