२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता

अ+ अ-

बागलुङ । भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ । यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ ।

ती विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटै मात्र परीक्षा केन्द्र तोकिएकाले समस्या भएको हो । सदरमुकामस्थित रुद्रेपिपल माध्यमिक विद्यालय– परीक्षा केन्द्रबाट दसै विद्यालयका २५५ विद्यार्थीले परीक्षा दिदैँछन् ।

टाढा–टाढाका विद्यार्थी हिजो अस्तिदेखि नै बागलुङ बजार झरेर होटेलमा बसेका छन् । तारा खोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारी १५ विद्यार्थी लिएर आफै सदरमुकाम आएका हुन् । ‘विद्यार्थीलाई होटेलमा राखेका छौँ, आज परीक्षा केन्द्र देखाउन लानु छ’, उनले भने, ‘परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई समस्या छ ।’

एकातिर अभिभावकको खर्च बढ्ने र अर्कातिर एक्कासि नयाँ ठाउँमा गएर परीक्षा दिनुपर्दा गाउँका विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्ने प्रअ अधिकारीको भनाइ थियो । नेपाल माविमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ पशु विज्ञानको पढाइ हुन्छ । परीक्षा केन्द्र सदरमुकाममा तोकिँदा यातायातदेखि होटेलको खाना र बासमा विद्यार्थीको ठुलो खर्च हुने गरेको छ ।

अरुकोभन्दा प्राविधिक धारका विद्यार्थीले परीक्षा दिने विषय पनि धेरै छन् । साधारण विषयतर्फको परीक्षा १७ गते सकिने भए पनि प्राविधिकतर्फको परीक्षा २० गतेसम्म चल्ने जनाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले चाहेर पनि यो वर्ष परीक्षा केन्द्र थप्न नसकिएको बताए । ‘मन्त्रालयमा पनि यो विषयमा कुरा पुगेको छ, अर्को वर्षदेखि प्राविधिक धारका लागि थप परीक्षा केन्द्रको व्यवस्था हुन्छ’, उनले भने, ‘तीन सयसम्म विद्यार्थी हुँदा तीन वटासम्म केन्द्र तोक्न सकियो भने पनि धेरै सहज हुने देखिन्छ ।’

विद्यार्थी थोरै भएका ठाउँमा परीक्षा केन्द्र राख्दा राज्यको व्ययभार पनि बढ्ने हुँदा माथिबाटै सोही अनुसारको प्रबन्धका लागि निर्देशन हुने गरेको एकाइले जनाएको छ । सदरमुकामदेखि १२० किमी टाढा निसीखोला गाउँपालिकासम्मका विद्यार्थी एसइई दिन सदरमुकाम आएका छन् ।

त्यहाँको ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पनि प्राविधिकको विषयमा पढाइ भइरहेको छ । एकाइ प्रमुख उपाध्यायका अनुसार प्राविधिकतर्फ यहाँका विद्यालयमा कृषि, पशु विज्ञान, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको पढाइ हुन्छ ।

प्राविधिक धारसहित जिल्लाका कुल चार हजार ८९६ विद्यार्थी परीक्षामा सम्मिलित हुँदै छन् । तीमध्ये साधारण संस्कृतका १२, गुरुकुलका पाँच र दृष्टिविहीन दुई विद्यार्थी पनि छन् । सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिकालगायत सामग्री पुर्‍याइएको एकाइले जनाएको छ ।

एकसय आठ सामुदायिक, ३२ संस्थागत र एक खुला गरी १४१ विद्यालयका परीक्षार्थीले एसइई दिनेछन् । कोभिड–१९ महामारीका कारण गएका दुई वर्षमा आन्तरिक मूल्याङ्कनमार्फत एसइई नतिजा सार्वजनिक गरिएको थियो । अहिले महामारी थामिएर स्थिति सामान्य बनेपछि भौतिक रूपमै परीक्षा सञ्चालन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस