ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए ।

अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस