काठमाडौँ । सत्ता गठबन्धनको आज (मंगलबार) को बैठक दिउँसो दुई बजेलाई सारिएको छ ।
यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ ।
गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबन्डा टुङ्गो लागेको छैन ।