२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री शर्मालाई उद्योग परिसंघले भन्यो: आयात रोक्नुको साटो कर बढाइदिऊँ

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ ।

आजको भेटमा परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालसहितको टोलीले आयात रोक्नुको साटो आयातित वस्तुमा कर बढाउन सुझाव दिएको छ ।

अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्नका लागि आयातमा करको दर बढाउनुका साथै आयातका लागि लिइने ऋणको ब्याजदर समेत हेरफेर गर्नुपर्ने सुझाव दिए ।

अग्रवालले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक- फरक बनाउन सुझाव दिए । उत्पादनका लागि सस्तो ब्याजदरमा कर्जा दिनुपर्ने र आयातका लागि जाने ऋणमा बढी ब्याजदर लिन सकिने परिसंघको सुझाव छ ।

परिसंघमा आबद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिएका थिए । उनले नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्नु तर्कसङ्गत नभएको जिकिर गरे ।

नेपालको वास्तविक ऋण १४ अर्ब ५६ करोड डलर र श्रीलङ्काको ८९ अर्ब ५० करोड डलर रहेको, जिडिपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलङ्काको १११.४२ प्रतिशत रहेको, कुल वैदेशिक मुद्रा सञ्चितितर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलङ्काको १‍.९४ अर्ब डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख छ ।

त्यस्तै अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलङ्काको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्र मार्फत जानकारी दिइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै परिसंघले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्नुपर्ने बताएको छ ।

परिसंघले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैर आवासीय नेपालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

सो अवसरमा अर्थमन्त्री शर्माले श्रीलङ्कासँग नेपालको तुलना नै नहुने दाबी गरे । उनले भने ‘यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलङ्काजस्तो होइन र हामी श्रीलङ्काजस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौँ ।’

उनले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस