काठमाडौँ । पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ बल्डेङगढीमा शुक्रबार दिउँसो उक्त बस दुर्घटनामा परेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार लु १ च ४९०२ नम्बरको बस पानी डाँडाबाट जुठा पौवातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारू र ८ वर्षका एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी बल्डेङगढीका प्रहरी सहायक निरीक्षक शिवकुमार यादवले दुर्घटनामा परेका ६ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको जानकारी दिए।