माओवादीको चुनावी पोस्टरमा कुलमानको फोटो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

माओवादीको चुनावी पोस्टरमा कुलमानको फोटो


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले चुनावी प्रचारको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ ।

माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो ।

‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निशुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ। उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ ।

प्रचण्डको फेसबुकबाट यो पोस्टर आज बिहान सार्वजनिक भएपछि माओवादी नेतारकार्यकर्ताले आफ्नो वालमा सेयर गर्न थालेका छन् ।

पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

घिसिङको पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस