२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङ बन्यो कोरोना सङ्क्रमणमुक्त जिल्ला

अ+ अ-

खोटाङ । दश स्थानीय तह रहेको खोटाङ कोभिड–१९ मुक्त जिल्ला बनेको छ । पछिल्लो समय सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका दुई जना आइतबार निको भएसँगै खोटाङ सङ्क्रमणमुक्त बनेको हो ।

सङ्क्रमण देखिएका दुईसहित २५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सुरु भएयता जिल्लामा तीन हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

पहिलो र दोस्रो लहरमा गरी सङ्क्रमणबाट १५ जनाको ज्यान जाँदा तेस्रो लहरमा भने कसैको पनि मृत्यु नभएको जनाइएको छ ।

जिल्लामा हालसम्म एक लाख सात हजार ४२ जनाले पूर्ण र एक लाख २१ हजार ४३० जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित दश वटै स्थानीय तहमा २३४ शय्या उपलब्ध छन् । जिल्लामा एक थान भेन्टिलेटर, सात वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको जनाइएको छ ।

तत्कालका लागि जिल्ला कोरोना सङ्क्रमणमुक्त भए पनि जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे पनि जिल्लाका स्थानीय बासिन्दा यसअघिदेखि नै खुलेआम हिँडडुल तथा व्यापार/व्यवसाय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस