२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्धन आयातमा वृद्धि

अ+ अ-

पर्सा । वीरगन्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ ।

देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो ।

आव २०७७/७८ को साउनदेखि फागुनसम्ममा रु ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालु आवको सोही अवधिमा रु एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जनाएको छ ।

यो समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा १००.४६ प्रतिशत बढी मूल्यको ११६.५४ प्रतिशत इन्धन बढी आयात भएको हो । कोरोना महामारीका कारण गत वर्ष मुलुकभित्रको उद्योग व्यापार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो ।

चालु आवमा सङ्क्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यापार सामान्यरूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। उनले इन्धनको आयात बढेको सकारात्मक प्रभाव राजस्व सङ्कलनमा देखापरेकोे बताए ।

गत आवको आठ महिनामा वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि भएको इन्धन आयातबाट रु ३५ अर्ब ८३ करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो ।

चालु आवको सोही अवधिमा रु १३ अर्ब ७२ करोड ९२ लाख बढी अर्थात् रु ४९ अर्ब ५६ करोड ६१ लाख राजस्व सङ्कलन नभएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस