हङकङ उड्ने यात्रुलाई ४८ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हङकङ उड्ने यात्रुलाई ४८ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँबाट हङकङ उड्ने सबै यात्रुले ४८ घण्टभित्रको पीसीआर रिर्पोट अनिवार्य बोक्नु पर्ने भएको छ ।

नेपाल एयरलाइन्सले ११ अप्रिलमा निर्धारित यस रुटको उडानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेर पीसीआर परीक्षण गर्न यात्रुलाई अनुरोध गरेको छ ।

कोरोना भाइरसको प्रभाव कम हुँदै गएपनि संसारका केही मुलुकले भने अझै पनि यात्रामा कडाइ गरिरहेका छन् ।

निगमका अनुसार परीक्षणका लागि यात्रुले आइतबार बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ ।

रिर्पोट सोमबार ३ बजेसम्म वितरण भइसक्ने छ । टेकुबाट पिसिआर नेगेटिभ भएको प्रमाणपत्र र ल्यावले उपलब्ध गराउने व्यक्तिगत लेटर साथमा बोकेका यात्रुले मात्र यात्रा गर्न पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस