२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशका छोरीलाई अब सरकारले पढाउँछ : मुख्यमन्त्री पाण्डे

अ+ अ-

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने बताएका छन्।

गैर सरकारी संस्था महासङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा उद्घाटन गर्दै उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा उच्च शिक्षा पढाइदिने बताए ।

उनले प्रदेशका ११९ वटै पालिकाले एक जनाका दरले दलित, जनजाति र पिछडिएका समुदायको छात्र वा छात्रालाई प्राविधिक शिक्षाका लागि सिफारिस गर्ने र प्रदेश सरकारले पढाउने व्यवस्था मिलाइने जनाए ।

साथै जनताको हित हुने कार्यक्रमको प्रस्ताव ल्याउनका लागि मुख्यमन्त्री पाण्डेले गैससलाई निर्देशन दिए। त्यसै गरी बागमती प्रदेश सांसद मुनु सिग्देलले गैरसरकारी संस्थाले विपद्मा जनताका लागि राहतको कार्य गरेर सरकारको सहयोगी र अभिन्न अङ्ग बन्दै आएको बताइन् । गैरसरकारी संस्था र नागरिक समाजले सरकारलाई सुझाव दिने र खबरदारी गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस