संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र सङ्घले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका हुन् । उनले हालै मात्र संयुक्त राष्ट्र सङ्घको समन्वय र सहयोगमा सो क्षेत्रमा खाद्यान्न र आवश्यक मात्रामा इन्धन पठाउन दिनुपर्ने पहल गरेको थियो ।
संयुक्त राष्ट्र सङ्घले इथियोपियाका दुई द्वन्द्वग्रस्त क्षेत्रमा खाद्यान्न अभाव भएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरेको थियो ।
प्राप्त समाचार इथियोपियामा द्वन्द्वमा परेका नागरिकको सहयोगका लागि खटेका संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले बुधबार ती क्षेत्रमा खाद्यान्न र इन्धन बोकेका ट्रकहरू पुगेको जनाएका छन् । यहाँका विद्रोहीहरूले ती क्षेत्रमा खाद्यान्न पुर्याउन दिएका भन्दै आगामी दिनमा पनि यस कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव गुटर्रेसले सो क्षेत्रमा आगामी दिनहरूमा सञ्चार, बैङ्क र स्वास्थ्य चौकीहरू स्थापनामा सहयोग गर्न आग्रह गरेका छन् ।
इथियोपियामा गएका केही वर्षदेखि हिंसा जारी छ । यहाँका विद्रोहीहरूले गिरेर र आफरा क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय सहायताकर्मीहरूलाई पनि जान दिएका छैनन् ।