फोहोरबाट बिजुली र ग्यास उत्पादन गरौँ : प्रधानमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फोहोरबाट बिजुली र ग्यास उत्पादन गरौँ : प्रधानमन्त्री


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् ।

बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौँमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

उनले फोहोरको उचित व्यवस्थापन गर्न सके मात्रै पनि कतिपय रोगहरूको निवारण हुने बताए ।

उनले भने, ‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेन्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्यास निकालेर दिएका थिए । त्यसले ट्याम्पो जस्ता साना सवारीसाधनहरू चलाउने व्यवस्थापन गरेको देखेँ मैले । त्यस कारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेन्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्यास निकाल्न सकिने सम्भावना बढेको छ । यो काम नेपाल आफैँले गर्न सक्छ । विदेशी पनि इन्भेस्टमेन्ट गर्न तयार छन् । काठमाडौं जस्तो सुन्दर सहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो । काठमाडौँलाई क्लिन, ग्रिन बनाउन जरुरी छ । त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको सङ्क्रमण कम हुन्छ । के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । फोहोर व्यवस्थापन गर्नुहोस् । यसलाई डम्पिङ साइटभन्दा पनि यसलाई ट्रिटमेन्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस