२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार धमलाले गरेको क्रियाकलापप्रति वायुसेवा सञ्चालक सङ्घको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमा पत्रकार ऋषि धमलाले गरेको क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा निगमको जहाजमा धमलाले गरेको क्रियाकलाप अमर्यादित भएको सङ्घले हिजो (बुधबार) विज्ञप्तिमार्फत जनाएको छ ।

प्रधानमन्त्रीसहितको भिभिआइपी टोली सवार उक्त उडानमा मिडिया ग्रुपका व्यक्तिहरुबाट उडानका क्रममा अपनाउनुपर्ने नियमलाई समेत उल्लङ्घन गर्दै निषेधित कक्षमा क्यामरासहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको सङ्घले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीसहित भिभिआइपी टोली सवार उक्त उडानमा धमलाले असभ्य र उडान सुरक्षामा गम्भीर असर पुग्ने अमर्यादित व्यवहार देखाएको प्रति सङ्घले आपत्ति जनाएको छ ।

उक्त उडानमा यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न चालक दलको पटक पटकको अनुरोधलाई बेवास्ता गर्दै जबरजस्ती भिडियो क्लिपिङ गरी लाइभ समाचार प्रसारण गर्नु भिभिआइपीको सुरक्षा प्रोटोकलको समेत उल्लङ्घन भएको ठहर गर्दै यस्ता अवाञ्छित कार्य आगामी दिनमा नगर्नसमेत सङ्घले अनुरोध गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ मा वायु यानभित्र शान्ति सु–व्यवस्था र अनुशासन कायम गर्ने सम्बन्धमा कानुनी व्यवस्था गरिएको छ । प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०६७ मा नागरिक उड्डयन कार्यालयको बिना अनुमति विमानस्थल क्षेत्रभित्र छायाङ्कन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । उडान सुरक्षा र हवाई सुरक्षामा उक्त नियमहरु तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट प्रतिपादित सिद्धान्तहरुको प्रतिकूल हुने गरी कहीँकतै वा कुनै क्रियाकलाप भएमा देशको समग्र हवाई उड्डयन क्षेत्रको छविमा नकारात्मक प्रभाव पर्ने भन्दै सङ्घले वायु यानभित्र सौहार्दपूर्ण व्यवहार गरी हवाई सुरक्षालाई व्यवस्थित तथा अनुशासन कायम राख्ने विषयमा सम्पूर्ण सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस