निर्वाचन अधिकृत फेरबदल, ७१ जना नयाँ नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन अधिकृत फेरबदल, ७१ जना नयाँ नियुक्त


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृत फेरबदल गरेको छ ।

आयोगले ७१ निर्वाचन अधिकृतलाई परिवर्तन गर्दै नयाँ निर्वाचन अधिकृतमा खटाएको हो ।

विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको जनाएको निर्वाचन आयोगले नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन भनेको छ ।

यस्तै १६ जना निर्वाचन अधिकृतलाई एक स्थानीय तहको निर्वाचन अधिकृतबाट अर्को स्थानीय तहको निर्वाचन अधिकृतमा खटाउने गरी संशोधन पनि गरिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस