भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायणस्थित होटलमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा चाँगुनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा मन बहादुरसमेत १३ जनालाई आज (बुधबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ८ लाख २२ हजार ६० रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।