२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाईजहाजको ककपिटमा पत्रकार धमला जबरजस्ती प्रवेश गरेको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । हालै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा पत्रकार ऋषि धमला हवाईजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ ।

महासङ्घले सूचना सङ्कलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता भए पनि सूचना सङ्कलनका नाममा सुरक्षाको दृष्टिकोणले संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नु पत्रकारिताको मर्यादा विपरीत भएको ठहर गरेको छ ।

महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार समाचार सङ्कलनका लागि स्वतन्त्र हुनुपर्छ र राज्यले त्यसका लागि सबै खाले व्यवस्था गर्नुपर्छ भन्ने धारणामा महासङ्घ दृढ छ, त्यस्तो स्वतन्त्रताको भरपुर उपयोग गरेर नै नागरिकसम्म सूचना पुर्‍याउन सम्भव हुन्छ, तर त्यस्तो स्वतन्त्रताको उपयोग गर्ने क्रममा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलताका सन्दर्भमा भने सञ्चारकर्मी स्वयं सचेत र स्पष्ट हुनुपर्दछ ।’

सूचनाको स्रोतसँग मर्यादित व्यवहार गर्ने, सुरक्षा संवेदनशीलता प्रदर्शन गर्ने, प्राविधिक पक्षको विशेषरुपमा हेक्का राख्ने कुरामा ख्याल राखिएन भने समाचार सङ्कलनका क्रममा क्षति उत्पन्न हुने अवस्था आउनेतर्फ पत्रकार तथा सञ्चारकर्मी सधैँ सचेत हुन आवश्यक रहेको महासङ्घको भनाइ छ ।

हवाईजहाजको ककपिटजस्तो संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नुले अप्रत्याशित घटना पनि निम्त्याउन सक्ने भन्दै महासङ्घले त्यस्ता कुनै पनि संवेदनशील स्थानमा प्रवेश गर्नु पूर्व लिनुपर्ने अनुमति र अपनाउनुपर्ने मापदण्डलाई पालना गर्न सबैमा अपिल गरेको छ ।

सो घटनाको बारेमा प्रेस काउन्सिल नेपालले पत्रकार धमलासँग हिजो (मंगलबार) २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ ।

सम्बन्धित समाचार : जहाजभित्र जोरजुलुम गरेकोबारे प्रेस काउन्सिलले सोध्यो ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस