२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा मतदानस्थलहरुको निरीक्षण र अनुगमन सुरु

अ+ अ-

झापा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित ढङ्गले सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षा निकायसँग समन्वय गरेर मतदान स्थलहरुको निरीक्षण र अनुगमन गर्न सुरु गरेका छन्।

जिल्लाका १५ पालिकामा रहेका २८६ निर्वाचन स्थल र ७५५ केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले अनुगमन गर्न थालिएको उनले बताए ।

उनले सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुसँग बैठक गरी आगामी वैशाख ८ गते स्थापना गरिने निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापन गर्न र उनीहरुलाई बसोबासको व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा जिल्लाका थोरै निर्वाचन स्थल अति संवदेनशील र अधिकांश सामान्य रहेको पाइएको उनले जानकारी दिए ।

कर्मचारी र सुरक्षाकर्मी परिचालन गर्दा अति संवेदनशीललाई बढी ध्यान दिने र सामान्य रहेको स्थानमा परम्परागत तरिकाले गर्न सकिने अनुगमनका क्रममा देखिएको प्रजिअ रिजालको भनाइ छ ।

‘निर्वाचन केन्द्रलाई ज्येष्ठ नागरिक र अपाङ्ग मैत्री बनाउँछौँ,’ उनले भने ‘जिल्लाका कतिपय मतदान केन्द्र अपाङ्ग मैत्री छैनन् । धेरै ह्विल चियरमा आउनुहुन्छ उहाँहरुलाई अप्ठ्यारो नपर्ने अनुगमन गरेर आवश्यक स्थानमा व्यवस्था गर्ने तयारी गरिरहेका छौँ ।’

उनले झापाका राजनीतिक दलहरुबीचको समझदारी अन्य जिल्लामा भन्दा राम्रो रहेको हुँदा पनि निर्वाचन भयरहित हुने अपेक्षा गरेको बताए।

उनले अनुगमनका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीसहित गइरहेकाले अति संवेदनशील स्थान र अन्य स्थानमा सुरक्षा व्यवस्था कसरी गर्न सकिन्छ भन्नेमा अन्योल नरहेको बताए।

निर्वाचन कार्यालय झापाले यही चैत ३० गते विराटनगरमा प्रदेशस्तरीय निर्वाचन अधिकृतहरुको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको कार्यालयका प्रमुख तुलसी नेपालले बताइन्। जिल्लामा पुरुषको तुलनामा महिला मतदाता बढी रहेका उनले बताइन् । उनका अनुसार छ लाख ४६ हजार २२५ मतदातामध्ये तीन लाख २१ हजार ५२० पुरुष र तीन लाख २४ हजार ७०५ महिला मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस